गृहमन्त्री लामिछानेलाई प्रभु शाहको सुझाव : ‘नैतिकताका आधारमा राजीनामा दिनुहोस्’

prabhu-shah
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। पूर्वमन्त्री आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं संघीय सांसद प्रभु साहले नेपालमा कार्यरत घरेलु कामदारको हकअधिकारका लागि कानून निर्माणका लागि सरकारको ध्यानाकर्षण गराएका छन्।

मंगलबार प्रतिनिधिसभाको बसेको बैठकमा आर्थिक वर्ष २०८१-०८२को बजेटमा आफ्नो सुझाव राख्दै सरकारको ध्यानाकर्षण गराएका हुन्। उनले ठुलाबडाको घरमा कार्यरत घरेलु कामदार पनि नेपाली नै भएकाले उनीहरूको बारेमा समेत यो बजेटले सम्बोधन गर्नुपर्ने भए पनि सम्बोधन नभएको बताए।

नेपालमै रोजगारको सृजना गर्नुपर्ने र विदेशमा रोजगारका लागि गएकालाई स्वदेश फर्काएर नेपालमै रोजगार दिनुपर्ने विषय बजेटमा समावेश नगरिएको उनले बताए। यस्तै उनले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई नैतिकताका आधारमा राजीनामा दिनुपर्ने सुझाव दिए। देशका युवालाई यदि नेपालमै रोजगार दिन सकिदैन भने कुर्सीमा बस्ने अधिकार नभएको उनले बताए। उनले गृहमन्त्री लामिछानेलाई नैतिकताका आधारमा राजीनामा दिनु सुझाव दिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्