किसानलाई समयमा नै मल उपलब्ध गराउन रास्वपाको माग

santosh pariyar pic
लोकपाटी न्यूज

काठमाडौं। किसानलाई समयमा नै रासायनिक मल उपलब्ध गराउन राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारसँग माग गरेको छ। बिहीवार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै पार्टीका प्रमुख सचेतक सन्तोष परियारले यस्तो माग गरेका हुन्। उनले सरकार मलको अभाव छैन भन्ने तर किसानले १० किलो भन्दा बढी मल नपाउने अवस्था रहेको बताए।

भक्तपुरका कृषि उब्जनी हुने मध्येपुर ठिमी र बोडे लगायतका किसानहरूले १० किलो भन्दा बढी मल नपाएको बताउँदै उनले सरकारले तत्काल मल समयमा किसानलाई उपलब्ध गराउन माग गरे। कृषि उत्पादन बढाउनको लागि समयमा नै किसानलाई मलको व्यवस्थापन गर्न आवश्यक रहेको उनले बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्