प्रदेश सरकार अदालतले चलाए, संविधानमा संशोधन गरौं : गगन थापा

लोकपाटी न्यूज

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संविधानमा २५ मन्त्री मात्र रहन व्यवस्था नभएको भए प्रचण्ड नेतृत्वको सरकारमा ५० जना मन्त्री बन्ने तर्क गरेका छन्।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले संघीय सरकारको मन्त्रालय घटाउनुपर्ने बताएका हुन्।

सांसद थापाले प्रदेश सरकार पनि अदालतले चलाएको बताउँदै संविधानमा संशोधन गर्नुपर्ने बताए। प्रदेश सरकार अदालतले चलाएको दाबी गर्दै उनले भने, ‘प्रदेश अहिले अदालतले चलाएको छ। प्रदेशका सबै मुख्यमन्त्री अहिले अदालतमा भेटिन्छन्। प्रदेशका सन्दर्भमा संविधानमा लेखेको कतिपय कुराहरू मिलाउन संशोधन गरौँ। त्यसलाई लागि हामीले एमालेसँग सल्लाह गरौँ।’

 

 

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्