घट्यो पेट्रोलियम पदार्थको मूल्य

petrol
लोकपाटी न्यूज

काठमाडौं। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमले पेट्रोलमा प्रतिलिटर तीन र डिजेल तथा मट्टितेलमा प्रतिलिटर एकले घटाएको हो।

निगम सञ्चालक समितिको आजको निर्णयानुसार इन्धनको मूल्य घटाउने निर्णय भएको हो। निगमले घटेको मूल्य आज राति १२ बजेदेखि लागू हुने जनाएको छ।

मूल्य घटेसँगै पेट्रोलको मूल्य पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा एक सय ६२ रुपैयाँ ५० पैसा, दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङमा एक ६४ र तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपायलमा रु एक सय ६५ मूल्य कायम भएको छ।

त्यसैगरी डिजेल र मट्टितेलमा पहिलो वर्गअन्तर्गत एक सय ४९ रुपैयाँ ५० पैसा, दोस्रो वर्गअन्तर्गत एक सय ५१ र तेस्रो वर्गअन्तर्गत एक ५२ मूल्य कायम गरिएको निगमले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्