गोरखाको मनकामना केबुलकार ५० दिन बन्द हुने

manakamana-cable-car
लोकपाटी न्यूज

काठमाडौं। गोरखाको मनकामना केबुलकार ५० दिनका लागि बन्द हुने भएको छ। मनकामना दर्शन प्रा.लि.ले एक सूचना जारी गर्दै यही असार ३१ गतेदेखि असोज १० गतेसम्मका लागि सेवा बन्द हुने जनाएको हो।

प्रा.लिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले केबुलकार मर्मत संभार र स्तरोन्नतीका लागि सेवा बन्द गर्नुपरेको जानकारी दिए। सो अवधिमा केबुलकारको डिजिटल प्रणालीको स्तरोन्नति र केबुल तार फेर्ने कार्य हुनेछ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्