बजेटका लक्ष्य र उद्देश्य स्पष्ट भए पनि कार्यान्वयनमा चुनौती : स्वर्णिम वाग्ले

Swarnim_wagle
लोकपाटी न्यूज

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति एवं सांसद डा. स्वर्णिम वाग्लेले बजेट कार्यान्वयन चुनौतीपूर्ण रहेको बताएका छन्। आइतबार प्रतिनिधि सभाको आइतबारको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा भाग लिँदै डा. वाग्लेले बजेटका लक्ष्य र उद्देश्य स्पष्ट भए पनि कार्यान्वयन चुनौती पूर्ण रहेको बताए।

मन्त्रालयगत छलफलमा भाग लिँदै डा. वाग्लेले ऊर्जा क्षेत्रमा कार्यक्रम राम्रो भए पनि बजेट कम भएकोप्रति अर्थमन्त्रीको ध्यानाकर्षण गराए। उनले जलाशय आयोजनामा ध्यान केन्द्रित गर्नुपर्नेमा खहरे खोलामा ऊर्जा परियोजना केन्द्रित गर्दा विद्युत उत्पादनको सन्तुलन नमिलेको बताए।

उनले संघीय मामिला मन्त्रालयमा पोषण र खानेपानी र भवन निर्माणको कार्यक्रम समावेश गरिएको प्रति आफू रनभुल्लमा पारेको बताए। सांसद डा. वाग्लेले अर्थ मन्त्रालय अन्तर्गत नयाँ चरणको आर्थिक सुधारमा विशेष ध्यान केन्द्रित गर्न अर्थमन्त्रीको ध्यानाकर्षण गराए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्