आज कति छ सुनचाँदीको मूल्य ?

gold
लोकपाटी न्यूज

काठमाडौं। नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तोलामा ६ सय रुपैयाँले घटेको हो। महासंघका अनुसार आज छापावाल सुन तोलामा एक लाख ४२ हजार २०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ४१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ।

महासंघका अनुसार आइतबार छापावाल सुन तोलामा एक लाख ४२ हजार ८०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ४२ हजार १०० रुपैयाँमा कारोबार भएको थियो। यस्तै, चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी तोलामा २० रुपैयाँले घटेर तोलाको १८ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्