उपेक्षा गरिएमा कर्णालीमा क्षेत्रीय दल बन्न सक्छ : ज्ञानबहादुर शाही

Gyanendra_Shahi
लोकपाटी न्यूज

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानबहादुर शाहीले कर्णालीमा असाध्यै न्यून बजेट विनियोजन गरिएकामा असन्तुष्टि व्यक्त गरेका छन्। प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै उनले बजेटमा कर्णाली प्रदेशलाई उपेक्षा गरिएको बताएका हुन्।

‘१५० अर्ब ५३ करोडको बजेट भइरहँदा झापा र धनुषाले १० प्रतिशत बजेट भौतिक मन्त्रालयबाट पाएको छ भने कर्णालीले ४.८९ प्रतिशत बजेट पाएको छ। यहाँ भन्न चाहन्छु भौतिक तथा पूर्वाधारमन्त्री झापा र धनुषाको मन्त्री हो कि नेपालको हो ?,’ प्रमुख सचेतक शाहीले भने, ‘यदि नेपालको हो भने कर्णालीलाई विभेद गर्न पाइँदैन।’

उनले कर्णाली प्रदेशलाई बजेटमा उपेक्षा गरिएमा कर्णाली प्रदेशमा क्षेत्रीय दल बन्न सक्ने चेतावनी दिए। प्रमुख सचेतक शाहीले भने, ‘कर्णालीलाई बजेट उपेक्षित गरिन्छ भने यहाँ कुनै पार्टी रहेन। कुनै दल रहेन। अब यही अवस्था यदि सिर्जित हुन्छ भने कर्णालीमा आफ्नो क्षेत्रीय दल बन्न सक्छ।’