संसद् भवनभित्र गोली लागेको अवस्थामा मृत भेटिए प्रहरी जवान

Goli
लोकपाटी न्यूज

काठमाडौं। बानेश्वरस्थित संसद भवनको सुरक्षामा खटिएका एक प्रहरी जवानले आफैंलाई गोली हानेका छन्। ड्युटीमा रहेका बेला आज (बुधबार) बिहान २२ वर्षीय दोलखाका अजित गोलेले आफूले बोकेको इन्सास राइफल आफ्नै निधारमा फायर गरेको प्रहरी स्रोतले जनाएको छ।

उनी बिहान ८: १५ बजेतिर शौचालयमा मृत भेटिएका काठमाडौं प्रहरी परिसरका एसपी नवराज अधिकारीले जानकारी दिए। गोले नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदल कपन दरबन्दी भई संघीय संसद् सुरक्षा वेस नयाँ बानेश्वरमा कार्यरत थिए। घटनाबारे थप अनुसन्धान भइरहेको एसपी अधिकारीले जानकारी दिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्