बस र लहरी ठोक्किँदा तीन जनाको मृत्यु

accident_
लोकपाटी न्यूज

वीरगञ्ज। सर्लाहीको बागमती नगरपालिकाको रायमाझी चोकमा बस र लहरी एकापसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ। बिहीबार बिहान भैरहवाबाट जनकपुर आउँदै गरेको बस र लहरी एकापसमा ठोक्किँदा दुर्घटना भएको हो।

दुर्घटनामा परेर तीन जनाको घटनास्थलमै मृत्यु भएको सर्लाहीका डिएसपी दिपक श्रेष्ठले जानकारी दिए। बस र लहरीको नम्बर खुल्न नसकेको श्रेष्ठले बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्