प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची

Sansad_samsad
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। प्रतिनिधिसभाको बैठक आज पनि बस्ने भएको छ। बिहान ११ बजेका लागि बोलाइएको बैठकमा आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने भएका छन्।

प्रधानमन्त्रीले प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद-९ बमोजिम प्रतिनिधिसभा सदस्यहरूले सोधेका प्रश्नको जवाफ दिने कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ।

बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीहरूले दिनेछन्। आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, कृषि तथा पशुपक्षी विकास मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले दिनेछन्।

त्यस्तै सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको विनियोजन विधेयकमाथिको छलफलमा विभिन्न शीर्षकमाथि उठेका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले दिने कार्यसूची रहेको छ।

pp

 

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्