प्रजातान्त्रिक आन्दोलनका योद्धा वीरेन्द्रभक्त श्रेष्ठको निधन

st
लोकपाटी न्यूज

काठमाडौं। नेपालको प्रजातान्त्रिक आन्दोलनका योद्धा वीरेन्द्रभक्त श्रेष्ठको निधन भएको छ। शुक्रबार बिहान श्रेष्ठको निधन भएको हो। प्रजातान्त्रिक आन्दोलनमा २०१८ सालदेखि सक्रिय श्रेष्ठ नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघको संस्थापक हुन्।

पञ्चायत विरोधी ठहर भइ त्रिभुवन विश्वविद्यालय प्राध्यापकबाट डा. रामशरण महत, अर्जुननरसिंह केसीलगायत १८ जनासंगै श्रेष्ठ पनि निष्काशित भएका छन्। श्रेष्ठ २०३२ सालमा काठमाडौं नगर पञ्चायतको सदस्य बनेका थिए। २०४६ सालको जनआन्दोलनको पर्दापछाडिका महत्वपूर्ण सूत्रधारका रुपमा परिचित श्रेष्ठले २०४९ सालमा समाजकल्याण परिषद्को उपाध्यक्षको जिम्मेदारी समेत निभाएका थिए।