‘नेपाल आइडल’ को पाँचौं संस्करणको उपाधि करण परियारलाई

Karan-pariyar
लोकपाटी न्यूज

काठमाडौं। गायनमा आधारित रियालिटी शो ‘नेपाल आइडल’ को पाँचौं संस्करणको उपाधि वर्दियाका करण परियारले जितेका छन्। शनिवार राति सम्पन्न ग्राण्ड फिनालेमा परियारले अन्य तीन प्रतिस्पर्धीहरुलाई पछाडि पार्दै उपाधिमाथि कब्जा जमाएका हुन्।

त्यसक्रममा उनले मोहित भुजेल, सलोमी गुरुङ तथा सचिन विश्वकर्मालाई निराश बनाएका थिए। परियारले नगद २५ लाख र ट्रफीसहित थुप्रै उपहारहरू प्राप्त गरेको आयोजकले जनाएको छ।

त्यस्तै फस्र्ट रनरअप सलोनी गुरुङ र सेकेन्ड रनरअप सचिन विश्वकर्मा भए। गुरुङले १० लाख नगद र ट्रफी पाए भने विश्वकर्माले ५ लाख नगदसहित ट्रफी हात पारेका थिए।

अन्तर्राष्ट्रिय फ्रेन्चाइज गायन रियालिटी शो नेपाल आइडलको पाँचौं संस्करण गत फागुन २४ देखि प्रसारण सुरु भएको थियो। पाँचौं संस्करणका लागि देशभरिबाट १ सय ५२ जना छानिएका थिए। कार्यक्रम एपीवान टेलिभिजनबाट प्रशारण हुँदै आएको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्