जाजरकोटमा बाढीमा परी एकजनाको मृत्यु

badhi
लोकपाटी न्यूज

सुर्खेत। जाजरकोट कुशे गाउँपालिका-१ तारेचौर नजिक खोलामा माछा मार्न गएका एक शिक्षकको बाढीले बगाएर मृत्यु भएको छ। मृत्यु हुनेमा मालटाकुरा माध्यमिक विद्यालयका शिक्षक कुशे गाउँपालिका–१ का इन्द्रबहादुर रोकाय रहेको गाउँपालिकाका अध्यक्ष देविका सिंहले जानकारी दिइन्। उनलाई शनिबार साँझ खोलामा माछा मार्ने क्रममा आएको बाढीले बगाएको थियो। यस्तै, बाढीले बगाउँदा ६ जना घाइते भएका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्