सांसदका कर्मचारीको माग सम्बोधन गर्न समिति गठन

sansad-sachiwalaya pic
लोकपाटी न्यूज

काठमाडौं। संघीय संसद् सचिवालयका कर्मचारीको माग सम्बोधन गर्न तीन सदस्यीय समिति गठन भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बिहान बसेको बैठकले आन्दोलनरत कर्मचारीको माग सम्बोधनका लागि कानुन तथा संसदीय मामिला मन्त्री पदम गिरी, सांसदका महासचिव पद्मप्रसाद पाण्डेय र अर्थ सचिव मधु मरासिनीलाई जिम्मेवारी दिइएको कानुन मन्त्री गिरीको निजी सचिवालयले जानकारी दिएको छ।

अतिरिक्त समयमा काम गरेबापत भत्ता पाउनुपर्ने मागसहित संसद सचिवालयका कर्मचारीहरू आन्दोलनमा छन्। बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, अर्थमन्त्री वर्षमान पुन लगायतका नेता सहभागी थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्