मेलम्ची नगरसभाको १६ औं अधिवेशन सम्पन्न

pic-sava
लोकपाटी न्यूज

काठमाडौं। मेलम्ची नगरपालिका, नगर सभाको १६ औं अधिवेशन सम्पन्न भएको छ। आइतबार नगरसभामा नगरपालिकाका प्रमुख आइतमान तामाङले नगरपालिकाको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए।

अधिवेशनले नगर प्रमुख एवं सभाध्यक्ष तामाङले प्रस्तुत गरेका नीति तथा कार्यक्रम, उपप्रमुख उमा प्रधानले प्रस्तुत गरेका बजेट र विनियोजन विधेयक २०८१ तथा विभिन्न विधेयक र प्रस्तावहरु सर्वसम्मत पारित गरेर गरेको छ।

नगर प्रमुख तामाङले आर्थिक वर्ष २०८१/०८२ को लागि १ अर्ब ७६ करोड ८४ लाख ५९ हजार पाँच सय रुपैयाँ बजेट पारित गर्दै नगरसभा सम्पन्न भएको हो। सभामा आर्थिक विकास समिति संयोजक किरणदिप खड्काले सहकारी ऐन संशोधन गर्न बनेको विधेयक, कृषि तथा पशुपंछि ऐन २०८१ पेस गरेका थिए। लेखा समिति संयोजक कृष्ण मुरारी चौलागाईले पेस गरेको प्रतिवेदन सर्वसम्मत पारित गरेको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्