प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् सभावित कार्यसूची

Sansad_samsad
लोकपाटी न्यूज

काठमाडौं। संघीय संसद्का दुवै सदनको बैठक आज पनि बस्दै छ। नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बस्ने प्रतिनिधिसभाको बैठक सोमबार बिहान ११ बजेका लागि बोलाइएको हो।

प्रतिनिधि सभा बैठकमा राष्ट्रियसभामा उत्पत्ति भएको ‘सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८०’का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल हुनेछ। बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा उठेको प्रश्नको जवाफ विभागीय मन्त्रीहरूले दिने सम्भावित कार्यसूची रहेको छ।

यस्तै संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक पनि आज बस्दैछ। बैठक दिउँसो सवा १ बजे बस्ने संसद् सचिवालयले जनाएको छ। बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले तिलगंगा नेत्र विश्वविद्यालय विधेयक २०८१ सभासमक्ष पेस गर्ने कार्यसूची रहेको छ।

gg

 

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्