मन्त्रिपरिषद् बैठक बस्दै

Baluwatar-
प्रधानमन्त्री निवास बालुवाटार : फाइल फोटो
लोकपाटी न्यूज

काठमाडौं। मन्त्रिपरिषद्को नियमित बैठक आज (सोमबार) बस्दैछ। एक मन्त्रीका अनुसार आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्ने बैठकले मुख्यसचिवको नियुक्ति र बाँकी देशका राजदूत सिफारिस गर्ने सम्भावना रहेको छ।

मुख्यसचिव वैकुण्ठ अर्यालविरुद्ध भ्रष्टाचार प्रकरणमा अख्तियारले आइतबार मुद्दा दायर गरेको थियो। यस्तै ११ मध्ये ८ देशका राजदूत सिफारिस भए पनि ३ तीन देशका राजदूत सिफारिस हुन बाँकी रहेको छ।