नेपाल बुद्धिजीवी संगठनको अधिवेशन सम्पन्न, अध्यक्षमा केसी

लोकपाटी न्यूज

काठमाडौं। नेपाल बुद्धिजीवी संगठनको अध्यक्षमा कृष्ण केसी चयन भएका छन्। काठमाडौंमा आइतबार सम्पन्न बुद्धिजीवी संगठनको छैटौं राष्ट्रिय सम्मेलनले केसीको अध्यक्षतामा ९९ सदस्यीय केन्द्रीय समिति चयन गरेको हो।

सम्मेलनबाट वरिष्ठ उपाध्यक्षमा नीलकण्ठ तिवारी चयन भएका छन् भने उपाध्यक्षहरूमा प्रा.डा. शिवकुमार राई, रामकुमार यादव, कल्पना शर्मा, कौशिल्या ओझा, जीतबहादुर राना, दुर्गादत्त शर्मा, रमेश गुरागाँईं, कृष्ण कोपिला चयन भएका छन्। त्यसैगरी महासचिवमा लक्ष्मीप्रसाद पण्डित चयन भएका छन्।

सम्मेलनबाट ७ जना सचिवमा चयन भएका छन्। जंगराज गिरि, दुर्गादत्त भण्डारी, एकनारायण काफले, हरिहर न्यौपाने, कूलशेखर शर्मा, राधिका ओझा र भरत गौतम सचिवमा चयन भएका छन्। त्यस्तै भिमा ढुंगाना कोषाध्यक्षमा चयन भएकी छिन्। अध्यक्ष केसीले नवनिर्वाचित समितिको तर्फबाट आफ्ना बौद्धिक कार्यभारप्रति प्रतिबद्धता व्यक्त गरेका थिए।