सरकारी छाप-दस्तखत कीर्ते मुद्दाका फरार प्रतिवादी पक्राउ

Arrest_Pakrau
लोकपाटी न्यूज

काठमाडौं। सरकारी छाप र दस्तखत कीर्ते मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्। ललितपुरको महालक्ष्मी नगरपालिका-८ लुभू चसिडोलका ३७ वर्षीय विकास राउतलाई प्रहरीले आइतबार पक्राउ गरेको हो।

जिल्ला अदालत काठमाडौंले उनलाई २०६६ पुस २६ गते उक्त मुद्दामा ५ महिना १५ दिन कैद र २५ हजार रुपैयाँ जरिवाना सजाय फैसला सुनाएको थियो। त्यसयता राउत फरार रहेका थिए।

फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले आइतबार ललितपुर लुभू चसिडोलबाट पक्राउ गरेको थियो। उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौं बबरमहल पठाइएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्