नेप्से ३ अंकले बढ्यो, २ कम्पनीको सेयरमा सर्किट

share-market-
लोकपाटी न्यूज

काठमाडौं। नेप्से परिसूचक सोमबार सामान्य अंकले बढेको छ। जसअनुसार सोमबार नेप्से ३.२१ अंकले बढेर २ हजार ६६.१६ विन्दुमा पुगेको छ। अघिल्लो दिनको तुलनामा यो ०.१५ प्रतिशतले बढी हो।

सोमबार कारोबारमा आएकामध्ये १ सय ४२ वटा कम्पनीको सेयर मूल्य बढ्यो भने ९४ वटाको घटेको छ। बाँकी ११ वटा कम्पनीको सेयर मूल्य स्थिर छ।

उक्त दिन ६६ हजार ५ सय १९ वटा कारोबारबाट १ करोड ७ लाख ७ हजार ८ सय ७८ कित्ता सेयर किनबेच भए। ती किनबेचमा ५ अर्ब ७ करोड ७२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। अघिल्लो दिनको तुलनामा कारोबार रकम बढेको हो।

नेपाल फाइनान्स लिमिटेड र गणपति लघुवित्तको सेयर मूल्य १० प्रतिशतले बढेको छ। सर्वाधिक गुमाउनेमा बुद्धभूमि लघुवित्तको सेयर मूल्य ७.०१ प्रतिशतले घटेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्