प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची

Sansad_samsad
लोकपाटी न्यूज

काठमाडौं। प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ। बैठक आज बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ। आजको बैठकमा विनियोजन विधेयक, २०८१ अन्तर्गत मन्त्रालयगत शीर्षकमाथिको छलफल जारी रहने छ।

आज परराष्ट्र मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, राष्ट्रिय योजना आयोग, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालय अन्तर्गत विभिन्न शीर्षकमाथि छलफलका क्रममा उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने छन्। बैठकमा सांसदरुहले विभिन्न मन्त्रालय सम्बन्धी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नेछन्।

यसैगरी आजको बैठकमा विनियोजन विधेयक, २०८१ का दफाहरुलाई निर्णयार्थ प्रस्तुत गरिने कार्यसूची रहेको रहेको छ। अर्थमन्त्री वर्षमान पुनले ‘विनियोजन विधेयक, २०८१ पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।

यस्तै, आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र भन्सार महशुल सम्बन्धी विधेयक विचार गरियोस भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ‘लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्