चलचित्र “यो मन त मेरो नेपाली हो” को छायांकन सम्पन्न

pic-ppp
लोकपाटी न्यूज

काठमाडौँ। चलचित्र “यो मन त मेरो नेपाली हो” को सम्पूर्ण छायांकन सकिएको छ। आँखै रसिलो बोलको गीतको छायांकन सकिए लगतै चलचित्रको छायांकन सकिएको हो। भोइस अफ नेपालको स्टुडियो र बालाजु ल्याबमा आइताबारबाट छायांकन गरिएको गीतको आज बिहान छायांकन सकिए सँगै फिल्मको सम्पूर्ण छायांकन सकिएको हो।

चलचित्रको आँखै रसिलो गीतमा दीपक शर्माको शब्द तथा सङ्गीत रहेको छ भने अस्मिता अधिकारी र सबिन सुबेदीको स्वर रहेको छ। गीतलाई कविराज गहतराजले कोरियोग्राफी गरेका हुन्। गीतमा चलचित्रका मुख्य कलाकार रोशन श्रेष्ठ र आयुषा समालसगै मेरो डान्स युनिभर्सलकी विजेता खुसी कार्की ,नारायण प्रधान ,डी आइडीका टप टेन डान्सर नरेश वीर सिंहलाई फिचर्ड गरिएको छ।

चलचित्रको केही दिन अघि अमेरिकामा समेत छायांकन गरिएको थियो।“यो मन त मेरो नेपाली हो” नेपालको झापा ,इलाम साथै भारतको सिकिम ,दार्जिलिङ,जोगाउ पश्चिम बङ्गाल लगायतको ठाउँमा चलचित्रको छायांकन गरिएको थियो। यस चलचित्रमा भारत ,मलेसिया ,पोल्यान्ड ,अस्ट्रिया ,बेल्जियम ,ट्युनिसिया ,जर्मनी, साउथ अफ्रिका लगायतका देशका कलाकारहरूको अभिनय रहेको छ।

अमेरिकामा रहेका साहित्यकार मित्र प्रधान (नर) को निर्देशन रहेको चलचित्र “यो मन त मेरो नेपाली हो” लाई ज्ञान बहादुर प्रधान (रोशन) ले निर्माण गरेका हुन्। चलचित्रमा रोशन श्रेष्ठ, विल्सन विक्रम राई, बुद्धि तामाङ ‘हैट’, विजय बराल ,आयुषा समाल, नारायण खाती,भूपेन्द्र लिङ्देन मन्त्री,सुवास भण्डारी,विजय सुब्बा,बिजिता बर्देवा, देवराज राजवंशी लगायतको अभिनय रहेको छ। चलचित्रकी नायिका आयुषा समाल मेरो डान्स कप युएसए कि फस्ट रनर अप हुन।

पद्मा ईश्वर ईन्टरटेन्मेन्ट प्रा.लि.को प्रस्तुतिमा मित्र प्रधान (नर ) को प्रस्तुतिमा निर्माण भएको “यो मन त मेरो नेपाली हो” ले विदेशमा रहेका नेपालीको मुद्दालाई उठान गर्दैछ। चलचित्रले नेपाली भाषा, साहित्य, कला, यसको इतिहास, महत्त्व र नेपाली भाषाको गौरवसँगै नेपाली को हुन् भन्ने विषयवस्तुलाई उठान गर्न खोजेको छ।

शिवम् अधिकारीको लेखनमा निर्माण भएको चलचित्रले विश्वका विभिन्न देशहरूमा बसोबास गर्दै आएका नेपालीहरूले आफ्नो कला, संस्कार, संस्कृति बिर्सँदै गएको हुँदा चलचित्रको माध्यमबाट नेपाली भाषा प्रतिको आकर्षण, महत्त्व र इतिहास दर्साउन खोजिएको छ। मित्र प्रधान (नर) को कथा तथा निर्देशन रहेको चलचित्र “यो मन त मेरो नेपाली हो” मा दीपक शर्माको सङ्गीत ,सौरभ लामाको छायांकन ,देव महर्जन द्वन्द्व ,समीर मियाको भिएफएक्स ,कविराज गहतराजको कोरियोग्राफी रहेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्