वैदेशिक रोजगारीमा पठाइदिने भनी ठगी गर्ने दुई जना पक्राउ

लोकपाटी न्यूज

काठमाडौं। वैदेशिक रोजगारीमा विभिन्न देशहरूमा पठाइदिने भनी ठगी गरेको अभियोगमा २ जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा मोरङ बुढिगंगा गाउँपालिका-५ घर भई काठमाडौं अनामनगर बस्ने ३४ वर्षीया नर्वदा कुमारी खड्का र काठमाडौं नागार्जुन नगरपालिका-३ स्वयम्भू बस्ने ४० वर्षीय पासाङ लामा रहेका छन्।

आकर्षक तलबको प्रलोभनमा पारी नर्वदाले क्यानडा पठाइदिने भनी १ जना पीडितबाट ३ लाख ८५ हजार रुपैयाँ र पासाङले पोर्चुगल पठाइदिने भनी २ जना पीडितहरूबाट ५ लाख २० हजार रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ।

उक्त रकम उठाएर सम्पर्कविहीन भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई काठमाडौंको विभिन्न स्थानबाट पक्राउ गरेको थियो। उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्