बेवारिसे अवस्थामा रहेको हातहतियार बरामद

Nepal_police
लोकपाटी न्यूज

कैलाली। नेपाल प्रहरीले गोदावरी नगरपालिका-४ सेती सामुदायिक वनबाट बेवारिसे अवस्थामा रहेको हातहतियार बरामद गरेको छ।

प्रहरीले सामुदायिक वनबाट भरुवा बन्दुक १ थान, शिशाको गोली १८ ओटा, छर्रा १५ ओटा र सानो १ डिब्बा बारुदसमेत बरामद गरेको हो। अस्थायी प्रहरी पोस्ट गोदावरीबाट खटिएको प्रहरीले सोमबार दिउँसो सालको रूखको प्वालभित्र बेवारिसे अवस्थामा रहेको उक्त हतियार बरामद गरेको थियो।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्