मोरङमा बूढी खोलाले बगाउँदा १ जनाको मृत्यु, २ जना बेपत्ता

dubnu-death
लोकपाटी न्यूज

मोरङ। मोरङको सुन्दरहैचामा बूढीखोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ, दुई जना बेपत्ता भएका छन्।सुन्दरहरैचा नगरपालिका- ५ गौशला नजिकै बूढीखोलामा माछा मार्ने क्रममा दिउँसो साढे १२ बजे एक्कासी आएको बाढीले चार जना महिलालाई बगाएको हो।

बाढीमा बगेका चारमध्ये एक जनाको उद्दार भएको छ। एक जनाको शव भेटिएको छ। दुई जना अझै बेपत्ता रहेका जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरीक्षक ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए।

माछा मार्ने क्रममा सुन्दरहरैचा-५ की २२ वर्षीय स्वस्तिका चौधरीको स्थानीयले उद्दार गरेका छन्। २२ वर्षीय फुदनी भनिने प्रेमकला चौधरीको शव बूढीखोलाको पश्चिम किनारमा भेटिएको प्रहरीले जनाएको छ। ६० वर्षीय असरादेवी चौधरी र ३० वर्षीय फुला चौधरी बेपत्ता छन्। उनीहरुको खोजीका लागि मोरङ प्रहरी उपरीक्षक नवराज कार्कीसहितको टोली खटिएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्