संसदबाट आगामी आर्थिक वर्षको बजेट पारित

Barsaman_Pun
लोकपाटी न्यूज

काठमाडौं। प्रतिनिधिसभाबाट आगामी आर्थिक वर्षको बजेट पारित भएको छ। मंगलबार बसेको प्रतिनिधिसभा बैठकबाट बजेट बहुमतले पारित भएको हो।

अर्थमन्त्री वर्षमान पुनले प्रतिनिधि सभामा विनियोजन विधेयक २०८१ पारित गर्ने प्रस्ताव पेस गरेका थिए। उक्त प्रस्ताव बहुमतले पारित भएको हो। बजेट पारित हुनुअघि संसदमा लगातार मन्त्रालयगत छलफल चलेको थियो।  सरकारले गत जेठ १५ गते संसद‍‍्मा बजेट प्रस्तुत गरेको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्