सामान्य अंकले बढ्यो नेप्से, चार अर्ब १८ करोडको सेयर कारोबार

share-market-
लोकपाटी न्यूज

काठमाडौं। सेयर कारोबार साताको तेस्रो दिन मंगलबार नेप्से परिसूचक सामान्य अंकले बढेको छ। नेप्से परिसूचक ५.६० अंकले बढेर २०७१.७७ विन्दुमा अडिएको छ।

नेप्से अघिल्लो कारोबार दिन सोमबार ३.२१ अंकले बढेको थियो। पहिलो कारोबार दिन आइतबार भने ५.३७ अंकले घटेको थियो। यस दिन ३१९ स्क्रिप्सको ९४ लाख ३५ हजार ४५४ कित्ता सेयर ४ अर्ब १८ करोड ७७ लाख ९६ हजार ८३३ रुपैयाँमा खरिदबिक्री भए।

कारोबार रकम सोमबारको तुलनामा कम हो। सोमबार ५ अर्ब ७ करोड ७२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो। यस दिन दुई कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो।

ग्लोबल डी ८४/८५ र मकर जितुमाया सुरी हाइड्रोपावरको सेयर १० प्रतिशतले बढेको हो। न्यादी हाइड्रोपावरको ८.६५,अपर सोलु हाइड्रो इलेक्ट्रिकको ७.५७ र चिरखु्वा हाइड्रोपावरको ६.६८ प्रतिशतले बढेको हो।

आज साधना लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले भने गुमाए। सो कम्पनीको सेयर १० प्रतिशतले घट्यो। आरएसडीसी लघुवित्त वित्तीय संस्था १४ करोड बढी मूल्यको सेयर कारोबार गरी शीर्ष स्थानमा रह्यो। एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टले १२ करोडको सेयर कारोबार गर्दा नेपाल फाइनान्सले ९ करोड, पोखरा फाइनान्सको ९ करोड र हाथवेको ८ करोड मूल्य बराबरको सेयर कारोबार गरे।

यस दिन पाँच वटा समूहको उपसूचक घट्दा ८ समूहको उपसूचक भने बढ्यो। बैंकिङ,फाइनान्स,नन लाइफ इन्स्योरेन्स,अदर्श र ट्रेडिङ समूहको उपसूचक घटेको हो। कारोबारमा आएका १५१ स्टकको मूल्य बढ्दा ८८ वटको घट्यो। ८ वटा समूहको उपसूचक भने स्थिर रह्यो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्