मुग्लिन-नारायणगढ​ सडकखण्ड अवरुद्ध

Narayan-mugling pic
लोकपाटी न्यूज

काठमाडौं। बिहानैदेखि लगातार पानी परेका कारण नारायणगढ-मुग्लिन सडकमा पहिरो खसेको छ। बुधबार मध्याह्नतिर चितवनको इच्छाकामना गाउँपालिका-६ जलवीरेमा पहिरो खसेका कारण सडक अवरुद्ध भएको हो।

जिल्ला प्रहरी कार्यालय, चितवनका प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार पहिरो पन्छाउने टोली खटिएको भए पनि पानी परिरहेकाले गर्दा समस्या भएको छ।
सडक अवरुद्ध हुँदा काठमाडौं आउने र जाने सवारी साधन रोकिएका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्