प्रभु बैंकका कर्मचारीहरु र ग्राहकलाई मुस्ताङ्गका विभिन्न होटलमा विशेष छुट

samjhauta pravhu
लोकपाटी न्यूज

काठमाडौं। प्रभु बैंकका कर्मचारीहरु तथा ग्राहकवर्गहरुलाई मुस्ताङ्गमा अवस्थित विभिन्न होटलका सेवामा विशेष छुट दिने सम्झौता भएको छ। छुट्टाछुट्टै समारोहका बिच सम्पन्न सम्झौतामा विभिन्न ११ होटेलका संचालक र प्रभु बैंकका तर्फबाट जोमसोम क्लष्टर प्रमुखरशाखा प्रमुख नरेन्द्र थकाली सहित विभिन्न शाखाका शाखा प्रम्रुखहरुले हस्ताक्षर गरेका हुन्।

सम्झौता अनुसार प्रभु बैंकका कर्मचारीहरु तथा ग्राहकवर्गहरुले बैँकसँगको आबद्धता प्रमाणका आधारमा आवास, खाना, खाजा तथा होटलमा उपलब्ध सम्पुर्ण सेवा सुविधाहरुमा विशेष छुट प्राप्त गर्न सक्ने बैँकले जनाएको छ।

सो सम्झौता बमोजिम ग्राहक वर्ग तथा प्रभु बैँकका कर्मचारीहरुका लागि आवास तथा खानामा १० प्रतिशतसम्मका छुटहरु प्राप्त गर्न सकिने जनाइएको छ। होटल दि पुराङ मुक्तिनाथ, युरिका इन मुक्तिनाथ, होटल ग्रान्ड सम्बाला, मुक्तिनाथ होटल सनराइज, जोमसोम एयरपोर्ट, होटल मण्डला, लोमान्थाङ, होटल त्रिवाटिका, लोमान्थाङ, इको हिल रिसोर्ट, टुकुचे, हलिडे क्याम्प, होटल ताङ्स्रा कोवाङ, लुम्बिनी एण्ड रेष्टुरेन्ट, त्साराङ, सी यु लज, र रेस्टुरेन्ट लेटे र मार्फा अर्चर्ड होटे मार्फा होटलसँग आवास तथा खानामा १० प्रतिशत छुट दिने सम्झौता भएको हो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्