एकनाले भरुवा बन्दुकसहित एक जना पक्राउ

Arrest_Pakrau
लोकपाटी न्यूज

डडेल्धुरा। प्रहरीले डडेल्धुरामा एकनाले भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ। पर्शुराम नगरपालिका-१ जोगबुढाका ५५ वर्षीय भोज नाथ मंगलबार साँझ पक्राउ परेका हुन्।

हाल आलिताल गाउँपालिका-३ डाँडाखर्कमा बाख्रा पालन गरी बस्दै आएका नाथको घर तलासी गर्दा प्रहरीले उक्त बन्दुक फेला पारेको थियो।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरीले नाथको घर तलासी गर्दा भेटिएको उक्त बन्दुकसहित उनलाई पक्राउ गरेको हो। यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्