गण्डकीका सांसद देवकोटालाई संसद् प्रवेशमा रोक

phadhinra devkota
लोकपाटी न्यूज

काठमाडौं। गण्डकी प्रदेशका सांसद फणीन्द्र देवकोटालाई प्रदेशसभा बैठकमा प्रवेश गर्न मर्यादापालकले रोकेका छन्। बिहीबार प्रदेशसभा बैठकमा सहभागी हुन पुगेका देवकोटालाई मर्यादापालकले भित्र प्रवेश गर्न रोकेका हुन्।

माओवादी केन्द्रले गत जेठ ३१ गते कारबाही गरेको पत्र सभामुख कृष्ण प्रसाद धितालले सभामा पढेर सुनाएपछि उनी सांसद पदबाट निलम्बनमा परेका थिए। त्यो कारबाहीविरुद्ध सर्वोच्च अदालतमा पुगेका कारबाही गर्न नमिल्ने भन्दै सर्वोच्च अदालतले सोमबार अन्तरिम आदेश जारी गरेको थियो। सर्वोच्चले कारबाही गर्न नमिल्ने अन्तरिम आदेश जारी गरेपछि संसद बैठकमा पुगेका देवकोटालाई मर्यादापालकले रोकेका हुन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्