सैन्य कू प्रयास गर्ने बेलिभियाका नेता पक्राउ

arest
लोकपाटी न्यूज

काठमाडौं। ल्याटिन अमेरिकी मुलुक बोलिभियामा सैन्य कू प्रयास गर्ने नेता पक्राउ परेका छन्। बीबीसीका अनुसार पक्राउ पर्नेमा खुआन होसे रहेका छन्। राजधानी ला पाजमा सेनाले घेराउ गरेको कयौँ घण्टापछि यस्तो खबर सार्वजनिक भएको हो।

देशको लोकतन्त्रमाथि भएको हमलाको आफूविरुद्ध भएको राष्ट्रपति लुइस आर्सेले बताएका छन्। सैन्य कू को प्रयासप्रति बोलिभियामा व्यापक आक्रोश देखिएको छ। जनताहरू सडकमा सैन्य कू को प्रयासविरुद्ध उत्रिएका थिए। जनसमर्थनका लागि आर्सेले जनतालाई धन्यवाद दिएका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्