हतारमा तत्काल पार्टी र वाम एकता हुँदैन : प्रधानमन्त्री प्रचण्ड

Prachanda_PM-CM
लोकपाटी न्यूज
0 Shares

चितवन। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हतारमा तत्काल वामपन्थी एकता र पार्टी एकता गर्ने पक्षमा नरहेको बताएका छन्। यहाँ आज सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले बिगतमा जस्तो दुर्घटना नहोस् भन्ने सोचेर मात्र अघि बढ्ने बताएका हुन्।

‘पार्टी एकता वा वाम एकताभन्दा पनि राजनैतिक स्थायित्व र लोकतन्त्रको सुदृढीकरणलाई बढी जोड दिँदै जाने र राम्रो सहकार्य गरी अघि बढेर जनताले देख्ने गरी काम गछौं,’ प्रधानमन्त्री प्रचण्डले भने। पहिलाको जसरी दुर्घटना हुने गरी वाम एकता नहुने उल्लेख गर्दै उनले सतर्कताका साथ आफूहरु अगाडि बढेको बताए।

प्रधानमन्त्री प्रचण्डले अहिलेको परिस्थितिअनुसार सरकारले मेहनत गरेर काम गरिरहेको बताए। मन्त्रालयका आ-आफ्ना जटिलता रहेको उल्लेख गर्दै उनले भने, ‘जनतालाई प्रत्यक्ष अनुभूति गर्ने गरी परिणाम देखिनुपर्छ।’ समग्रमा अहिलेको परिस्थिति जस्तो छ त्यही अनुसार सरकारले गर्न सक्ने काम मेहनत गरेर गरिरहको उनको भनाइ थियो।

कृषकले पाउनुपर्ने दूधको भुक्तानीका सरकारले पहल गरिरहेको प्रधानमन्त्री प्रचण्डले बताए। कृषकका समस्या समाधान गर्न सरकारले गम्भीर भएर काम गरिरहेको उनको भनाइ थियो। धान रोप्ने समयमा किसानलाई मल अभाव नहुने उनले बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्