नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त प्रतीक थापा पक्राउ

लोकपाटी न्यूज
0 Shares

काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त प्रतीक थापा पक्राउ परेका छन्। थापालाई काठमाडौंको बौद्धबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जानकारी दिएको छ।

उनी नेकपा एमालेका उपाध्यक्ष समेत रहेका पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा हुन। नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन गरिएको अपराध अभियोगमा गत वर्ष सरकारी वकिलको कार्यालयले थापालाई फरार सूचीमै राखेर यो अपराधमा संलग्नहरुविरुद्ध अदालतमा मुद्दा दायर गरेको थियो।

२०७९ चैतमा शरणार्थी प्रकरणका केही आरोपित पक्राउ परेपछि थापा फरार थिए। २०८० वैशाख २१ मा प्रेस विज्ञप्ति जारी गरी प्रतीकले आफू यसमा संलग्न नरहेको भन्दै अनुसन्धानलाई सघाउने बताएका थिए। तर प्रहरी अनुसन्धानकै क्रममा उनी फरार थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्