बागलुङको गलकोटमा वृद्ध दम्पती पहिरोमा पुरिए

pahiro
सांकेतिक तस्बिर
लोकपाटी न्यूज

बाग्लुङ। बाग्लुङको गलकोट नगरपालिका-८ काँडेबाँसको बिसौनामा वृद्ध दम्पती पहिरोमा पुरिएका छन्। बिसौनाका ५५ वर्षीय प्रेम विक र उनकी श्रीमती ५० वर्षीया वसन्ती गएराति घरसहित पहिरोमा पुरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ऋषिराम कँडेलले जानकारी दिए।

यसैबीच पहिरोले मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध भएको छ। यस क्षेत्रमा शुक्रबारदेखि लगातार पानी परिरहेको छ । कालीगण्डकी करिडोर र बागलुङ–कुश्मीशेरा सडक पनि अवरुद्ध छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्