एकीकृत समाजवादीको दशौँ राष्ट्रिय महाधिवेशन आजदेखि

samajhabadhi ofc
लोकपाटी न्यूज

काठमाडौं। सत्तारुढ नेकपा (एकीकृत समाजवादी) पार्टीको महाधिवेशन आजदेखि सुरु हुँदै छ। आजदेखि सुरु हुने महाधिवेशन २० असारसम्म चल्ने जनाइएको छ।

प्रज्ञा भवन कमलादीमा महाधिवेशन हुनेछ। आज बिहान ११ बजे भृकुटीमण्डपबार्ट र्‍याली निकालिने एकीकृत समाजवादीले जनाएको छ। एमालेबाट विभाजित भएर २०७८ भदौमा एकीकृत समाजवादी स्थापना भएको हो।

त्यसको तीन वर्षपछि महाधिवेशन गर्न लागेको नेकपा एसले यसलाई १०औँ महाधिवेशन भनेको छ। पार्टीलाई एमालेकै निरन्तरताका रूपमा यो महाधिवेशनलाई १०औँ महाधिवेशन भनिएको हो।

महाधिवेशनमा पार्टी नेतृत्वका लागि तीन नेताले दाबेदारी प्रस्तुत गरेका छन्। हालका अध्यक्ष माधव कुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालले दाबेदारी प्रस्तुत गरेका छन्। एकीकृत समाजवादीले महाधिवेशनबाट २१ सदस्यीय पदाधिकारीसहित २ सय ९९ सदस्यीय केन्द्रीय समिति चयन गर्ने भएको छ।