कोपा अमेरिका : अर्जेन्टिना क्वाटरफाइनल प्रवेश

Argentina
लोकपाटी न्यूज

काठमाडौं। कोपा अमेरिका फुटबलमा अर्जेन्टिना शतप्रतिशत जीतका साथ क्वाटरफाइनलमा प्रवेश गरेको छ। आइतबार बिहान भएको समूह एको खेलमा अर्जेन्टिनाले पेरुलाई २-० गोल अन्तरले पराजित गरेको हो।

आज बिहान हार्ड रक स्टेडियममा भएको खेलमा अर्जेन्टिनाका लाउटारो मार्टिनेजले खेलको ४७ र ८६ औँ मिनेटमा दुई गोल गरे। अर्जेन्टिनाले तीन खेलमा नौ अङ्क जोडेको छ।

यस्तै आजै बिहान भएको अर्को खेलमा क्यानडा र चिलीले गोलरहित बराबरी खेलेका छन्। इन्टर एण्डको स्टेडियममा भएको खेलमा कुनै पनि गोल नभएपछि खेल बराबरीमा टुङ्गिएको हो।

यो समूहबाट तीन खेलमा चार अङ्क जोडेको क्यानडा पनि क्वार्टरफाइनलमा पुगेको छ। दुई अङ्क जोडेको चिली र एक अङ्क रहेको पेरु प्रतियोगिताबाट बाहिरीएका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्