रास्वपा केन्द्रीय समिति बैठक लाइभ गर्न महामन्त्री ढकालको माग

mukul-dhakal
लोकपाटी न्यूज

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) महामन्त्री डा. मुकुल ढकालले बुधबार बस्ने पार्टीको केन्द्रीय कमिटी बैठक प्रत्यक्ष प्रसारण गर्न माग गरेका छन्। महामन्त्री डा. मुकुल ढकालले सभापति रवि लामिछानेसँग बुधबार बस्ने केन्द्रीय समिति बैठक प्रत्यक्ष प्रशारण गर्न माग गरेका हुन्। आज बस्ने केन्द्रीय समिति बैठकमा समीक्षा यात्राको प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची तय गरिएको छ।

‘बुधबारको केन्द्रीय समितिको बैठक प्रत्यक्ष प्रसारण गर्नका लागी सभापतिलाई आग्रह गरेको छु, हाम्रो अडिट जनताले गरून्,’ महामन्त्री ढकालले भनेका छन्। बैठक लाइभ गर्ने वा नगर्ने सम्बन्धमा सभापतिबाट जवाफ आइनसकेको उनले बताए।

इलाम-२ को उपचुनावमा रास्वपाले हार व्यहोरेपछि समीक्षा यात्रामा निस्किएका महामन्त्री ढकालले बुधबार पार्टी सभापति रवि लामिछानेलाई समीक्षा प्रतिवेदन बुझाएका थिए ।