आज कति छ सुनचाँदीको मूल्य ?

gold
लोकपाटी न्यूज

काठमाडौं। नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य सामान्य बढेको छ। आज सुनको मूल्य तोलामा २ सयले बढेर तोलाको १ लाख ४२ हजार रुपैयाँमा कारोबार भएको हो। यस अघि शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ४१ हजार ८ सयमा कारोबार भएको थियो।

त्यस्तै, आज तेजाबी सुन प्रतितोला १ लाख ४१ हजार ३ सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। त्यस्तै आज चाँदीको मूल्य भने आज स्थिर रहेको छ । चाँदी आज प्रतितोला १७९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्