एकीकृत समाजवादीको महाधिवेशन सुरु

pic-yes
लोकपाटी न्यूज

काठमाडौं। एकीकृत समाजवादीको १० औ महाधिवेशन काठमाडौंमा सुरु भएको छ। समाजवादीको महाधिवेशन काठमाडौंको प्रज्ञा भवन कमलादीमा सुरु भएको हो। महाधिवेशनको उद्‌घाटनअघि पार्टीले शक्ति प्रदर्शन गरेको थियो।

भृकुटीमण्डपबाट विभिन्‍न भेषभुषासहित एकीकृत समाजवादीले र्‍यालीसहित गरेको शक्ति प्रदर्शनमा पार्टी अध्यक्ष माधवकुमार नेपाल, झलनाथ खनाल, घनश्याम भुसाल, राजेन्द्र पाण्डे, वेदुराम भुसाललगायतका नेता, कार्यकर्ता सहभागी थिए।

आजदेखि सुरू भएको महाधिवेशन पाँच दिनसम्म चल्नेछ। यो महाधिवेशनले दुई सय ९९ सदस्यीय कार्यसमिति तथा २१ पदाधिकारी चयन गर्नेछ। महाधिवेशनमा विभिन्न राजनीतिक दलका शीर्ष नेताले सम्बोधन गर्नेछन्।

कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, रास्वपा सभापति रवि लामिछाने, नेकपाका महासचिव विप्लव, जनता समाजवादी पार्टी नेपालका उपेन्द्र यादव, जनमत पार्टीका डा. सीके राउत, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी पनि सहभागी छन्। राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रको कार्यक्रममा एमालेका कोही पनि नेता गएका छैनन्।