खानेपानी निःशुल्क गर्न कानुन निर्माण हुँदै छ : मन्त्री राई

rajendra_kumar_rai-pic
लोकपाटी न्यूज
0 Shares

धनकुटा। खानेपानीमन्त्री राजेन्द्रकुमार राईले आवश्यक ऐन‚ कानुन निर्माण गरेर खानेपानी नागरिकको मौलिक अधिकारलाई कार्यान्वयन गर्न सरकार लागिरहेको बताएका छन्। प्रेस चौतारी नेपालले आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले नागरिकलाई निःशुल्क खानेपानी खाने व्यवस्था गर्न आवश्यक कानुन निर्माणका लागि विधेयक बिनिरहेको बताएका हुन्।

मन्त्री राईले सन् २०३० सम्म नेपाली नागरिकलाई स्वच्छ पानी खुवाउने सरकारको लक्ष्य समयमा पूरा हुने बताए। उनले नेपालको खानेपानी समस्या समाधानका लागि ‘एक घर, एक धारा’ कार्यक्रम र स्वच्छ खानेपानी कार्यक्रमलाई देशभरि तीव्रता दिइएको जानकारी दिए।

तराईं क्षेत्रको खानेपानी व्यवस्थापनका लागि चुरे क्षेत्रको जलाधार संरक्षणमा आवश्यक बजेट विनियोजन गरिएको उनले जानकारी दिए। काठमाडौंवासीका लागि मेलम्चीको पानी सहज आपूर्ति गर्न मेलम्ची खानेपानी आयोजनाबाट प्रभावित स्थानीयलाई राहतको व्यवस्था गरिएको र बाढीले बगाएको खानेपानी इन्टेक निर्माण गर्न लागिएको मन्त्री राईले जानकारी दिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्