लोकतान्त्रिक-कम्युनिष्ट शक्तिलाई एकताबद्ध गर्न चाहन्छौं : अध्यक्ष नेपाल

Madhav_Nepal
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकका लोकतान्त्रिक तथा कम्युनिष्ट शक्तिलाई एकताबद्ध बनाएर अघि बढ्ने अगुवा शक्तिका रूपमा आफ्नो पार्टीले भूमिका निर्वाह गर्न चाहेको बताएका छन्।

पार्टीको दसौं राष्ट्रिय महाधिवेशनअन्तर्गत आज आयोजित बन्दसत्रमा अध्यक्षमण्डल घोषणा र पुराना कम्युनिष्ट नेताहरूलाई सम्मान गर्दै उनले आफ्नो पार्टीप्रति मुलुकले धेरै अपेक्षा गरेको बताए।

बर्षायाममा आयोजित यो महाधिवेशन एक चाड र विशेष परिघटनाका रूपमा रहेको जनाउँदै अध्यक्ष नेपालले एकताबद्ध भएर महाधिवेशन सफल बनाउनुपर्नेमा जोड दिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्