राष्ट्रपति भेट्न प्रधानमन्त्री प्रचण्ड शीतल निवास

Ramchandra_prachanda_pic
लोकपाटी न्यूज

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति भवन शीतल निवास गएका छन्। राष्ट्रपति रामचन्द्र पौडेललाई पछिल्लो राजनीतिक घटनाक्रमबारे जानकारी दिन उनी शितल निवास गएका हुन्।

पछिल्लो विकसित राजनीतिक घटनाक्रम, सहमतिको सरकार लगायत विषयमा राष्ट्रपतिलाई जानकारी दिन प्रधानमन्त्री प्रचण्ड राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगेका छन्। सोमबार मध्यराति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच नयाँ सरकार बनाउने सहमति भएको छ।