च्यासलमा सुरु भयो एमाले सचिवालयको बैठक

uml_sachiwalaya-pic
लोकपाटी न्यूज

काठमाडौं। नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा केही बेरअघि बैठक सुरु भएको हो।

बैठकमा काँग्रेस र एमालेबीच भएको नयाँ सत्ता समीकरणको सहमतिका विषयमा छलफल भइरहेको बुझिएको छ। बैठकले विकसित राजनीतिक समझदारीअनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे निर्णय लिने बताइएको छ।

काँग्रेस र एमालेबीच सोमबार मध्यराति नयाँ सत्ता समीकरणका लागि सहमति भएको छ। नयाँ सरकार बनाउने सहमतिमा काँग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीले हस्ताक्षर गरिसकेका छन्।