नेकपा एसको महाधिवेशन : सुझाव पेस गर्दै १२ समूह

लोकपाटी न्यूज
0 Shares

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को जारी १० औँ राष्ट्रिय महाधिवेशनका क्रममा राजनीतिक दस्ताबेज, समाजवादी कार्यक्रम, विधान र सांगठनिक दस्ताबेजमा आएका सुझाव आज पेस हुने भएको छ।

बाह्र समूह बनाएर गरिएको छलफलबाट प्राप्त सुझाव आजको बैठकमा पेस गर्ने कार्यसूची छ। सम्बन्धित समूहका टोली नेताले सुझाव प्रस्तुत गरेपछि दस्ताबेज परिमार्जनसहित अनुमोदन गरिनेछ। आजै एक हजार आठ सय ४९ प्रतिनिधि छनोट गरिएको महाधिवेशनले दुई सय ९९ सदस्यीय कार्यसमिति निर्वाचित गर्ने कार्यक्रम छ।

एक हजार आठ सय ४९ प्रतिनिधिलाई विद्युतीय उपकरणबाट मतदानका लागि प्रशिक्षण दिइएको छ। शीर्ष नेतृत्वमा सहमतिको प्रयास भए पनि अन्य पदाधिकारी र सदस्यको निर्वाचन हुनेछ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्