काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुढानीलकण्ठमा

लोकपाटी न्यूज

काठमाडौं। नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक सुरु भएको छ। सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बैठक सुरु भएको देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिएका छन्।

बैठकले पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा गर्दै पार्टीले अवलम्बन गर्ने रणनीति तय गर्नेछ। बैठकले एमालेसँग सत्ता सहकार्यबारेमा भएको सहमति अनुमोदन गर्ने बताइएको छ।

संसद्मा दुई ठूला दल काँग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले सत्ता समीकरणका लागि सोमबार नयाँ सहमति गरेका थिए। काँग्रेस र एमालेबीच संविधान संशोधनलगायतका विभिन्न ‘एजेन्डा’सहित राष्ट्रिय सहमतिको सरकार बनाउन सहमति भएको जनाइएको छ।