आज कति छ सुनचाँदीको मूल्य ?

gold
लोकपाटी न्यूज

काठमाडौं। नेपाली बजारमा आज सुनको भाउ तोलामा चार सय रुपैयाँले बढेको छ। मंगलबार तोलाको एक लाख ४२ हजार तीन सय रुपैयाँ रहेको सुनको भाउ आज चार सय रुपैयाँले बढेर एक लाख ४२ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यसायी महासंघले जनाएको छ। चाँदीको भाउ आज २० रुपैयाँले बढेको छ। भाउ बढेर आज चाँदी तोलाको एक हजार आठ सय २५ रुपैयाँ पुगेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्