सरकारलाई दिएको समर्थन फिर्ता, एमाले मन्त्रीहरुले दिए राजीनामा

लोकपाटी न्यूज

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारबाट बाहिरिएको छ। उक्त दलबाट नेतृत्व गरेका सबै आठजना मन्त्रीले प्रधानमन्त्री प्रचण्डसमक्ष राजीनामा बुझाएका छन्।

त्यसअघि नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मन्त्रिपरिषद्मा रहेका उनीहरुलाई सामूहिक राजीनामा दिन निर्देशन दिएका थिए। मंगलबार अध्यक्ष ओलीको अध्यक्षतामा बसेको सचिवालय बैठकले २४ घण्टाभित्र पदबाट राजीनामा दिएर नयाँ सरकार गठनका निम्ति प्रधानमन्त्री दाहाललाई आग्रह गरेको थियो।

उक्त अवधिमा प्रधानमन्त्री प्रचण्डले राजीनामा नगरेपछि एमालेका सबै मन्त्रीहरुले आज अपराह्न श्री दाहालसमक्ष सामूहिक राजीनामा बुझाएका हुन्।

यसअघि पार्टी अध्यक्ष ओलीले राष्ट्रिय सहमतिको सरकार गठन गरी राजनीतिक स्थायित्व प्रदान गर्ने उद्देश्यले नयाँ सरकार गठनको पहल गरिएको भन्दै सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र प्रधानमन्त्री प्रचण्डलाई पठाएका थिए।