बेलायतमा आम निर्वाचन : आज मतदान

लोकपाटी न्यूज

एजेन्सी। संयुक्त अधिराज्य (बेलायत) को ऐतिहासिक आकस्मिक आम निर्वाचनका लागि बिहीबार मतदान सुरु भएको छ। मतदान स्थानीय समय बिहान ७ बजे सुरु भई राति १० बजे बन्द हुनेछ।

सबै प्रमुख दलहरूको छ हप्ताको अभियानपछि आजको मतदान समाप्त भएसँगै देशले अर्को प्रधानमन्त्री प्राप्त गर्नेछ। इङ्ल्यान्ड, वेल्स, स्कटल्यान्ड र उत्तरी आयरल्यान्डका कूल छ सय ५० निर्वाचन क्षेत्रमा मतदान गरिनेछ। कूल छ सय ५० संसदीय सिटमध्ये ३२६ सिट प्राप्त गर्ने कुनै पनि पार्टीको नेता देशको प्रधानमन्त्री बन्नेछ।

बेलायतको सार्वजनिक सेवाको स्थिति, जीवनयापनको लागत, कर, आप्रवासन र अर्थतन्त्र निर्वाचनको प्रमुख विषय रहेको सिएनएनले जनाएको छ। यो निर्वाचनमा अर्थव्यवस्था, कर र आप्रवासनजस्ता मुद्दाले वर्तमान प्रधानमन्त्री ऋषिसुनकलगायत दाबेदारहरूका लागि कसरी लहर बदल्छ भन्ने कुरा हेर्न महत्त्वपूर्ण छ।

बेलायतको युरोपेली संघसँगको सम्बन्धका विषय भने निर्वाचनमा धेरै हदसम्म बेवास्ता गरिएको छ। यस वर्षको मे महिनाको अन्त्यमा प्रधानमन्त्री सुनकले आकस्मिक चुनावको आह्वान गरेका हुन्। उनको पार्टीमा केही नेता समेतले यो निर्णयप्रति आश्चर्य जनाएका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्